• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » कानुनविपरित उप्रेतीले पेन्सन मागे
कानुनविपरित उप्रेतीले पेन्सन मागे

पुस २ । सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीसमेत आश्चर्यमा पर्ने गरी कुनै पनि व्यवस्था विपरित मर्यादालाई समेत ख्यालमा नराखी प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सरकारसँग पेन्सन माग गरेका छन् ।

कुनै पनि ऐनमा संवैधानिक निकायका पदाधिकारीलाई पेन्सन दिने व्यवस्था नभएपनि उनले आफ्नो मान मर्यादालाई ख्याल नै नगरी पेन्सन मागेका हुन् । नेपालमा व्यवस्था विपरित पेन्सन माग भएको सम्भवतः यो पहिलो भएको जनाइन्छ ।

आफूले सरकारका विभिन्न विकास समिति हुँदै निर्वाचन आयोगमा रहेर काम गरेको ४० वर्ष भएकाले पेन्सन माग्नु स्वभाविक भएको भन्दै उनले पेन्सन भागेको कुरालाई स्वीकार समेत गरेको खबर नयाँ पत्रिकामा छ ।

उप्रेतीले निर्वाचन आयोगबाटै निर्णय गराएर आयोग सचिव नरेन्द्र दाहालमार्फत निर्णयसहितको निवेदन मन्त्रालयमा पठाएपछि मन्त्रालयमा हल्लिखल्लि मात्रै नभएर उच्च पदस्थ कर्मचारी समेत आश्चर्यमा परेका छन् ।

अस्थायी तथा करार कर्मचारीले पनि पेन्सन नपाउने व्यवस्था भएपनि उप्रेती भने पेन्सनका लागि सबै नियम मिचेरै भएपनि पेन्सन पाउनुपर्ने भन्दै मन्त्री सचिव र उच्च पदस्थ अधिकारीलाई निरन्तर दबाब दिइरहेका छन् ।

निरन्तरको उनको दबाब तथा केही कर्मचारीको मिलेमतोमा उनलाई पेन्सन दिने तयारी भईरहेको समेत बुझिएको छ । तर, अस्थायी, करार कर्मचारी तथा कुनै पनि ऐनमा संवैधानिक निकायका पदाधिकारीलाई पेन्सन दिने व्यवस्था नभएपनि उप्रेतीलाई पेन्सन दिएमा कानुनकै धज्जी हुने भन्दै धेरै कर्मचारीहरुले भने दुःख व्यक्त गरेका छन् ।

निरन्तरको पेन्सन पाउ भन्ने दबाब बढ्दै गएपछि सामान्य प्रसासन मन्त्रालयले उप्रेतीको निवेदनमा परामर्श दिन कानुन मन्त्रालयमा पठाएको थियो । त्यो फाइल कानुन मन्त्रालयले महान्याधिबक्ताको कार्यालयमा पठायो । महान्याधिक्ताको कार्यालयले गोलमटोल भाषामा उनलाई पेन्सन दिन सकिने सुझाब दिएको बुझिन आएको छ ।

प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |