समानुपातिक सभासद् सुचि बुझाउने म्याद एक हप्ता थप
पुस २ । निर्वाचन आयोगले समानुपातिकतर्फ सभासद् सुचि बनाउने म्याद फेरि पनि एक हप्ताका लागि थपेको छ ।
मुख्य दलहरुको आग्रहमा नाम सिफारिस गर्ने समय पुस १० गतेसम्मका लागि थपिएको हो ।
यसअघि आयोगले मंसिर २५ गतेसम्म नाम बुझाउन अन्तिम समय दिएका भए पनि मुख्य दलहरुले नाम नबुझाई आयोगलाई समय थप्न आग्रह गरेअनुसार आयोगले पुस ३ गतेसम्मको समय थप गरेको थियो । त्यसपछि सोमबार बिहान शिर्ष नेताहरुले पुनः समय माग गरेपछि आयोगले समयवधि थप गरेको हो ।

प्रकाशित मिति:
December 17, 2013