हत्या आरोपमा एमाओवादीका समानुपातिक तर्फका उम्मेदवार पक्राउ
पुस २ । एमाओवादीका समानुपातिक तर्फका उम्मेदवार फिरोज भनिने सियाराम कुशवाहालाई हिन्दु युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी हत्याका मुख्य अभियुक्तका रुपमा प्रहरीले पक्राउ गरेको छ ।
२०६७ असार १२ मा वीरगन्ज उपहानगरपालिका-१३ मा अशोकवाटिका स्थित शिवपावर्तीको मठमा तिवारीको गोली हानी हत्या गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका अपराध नियन्त्रण टोलीले एमाओवादीको भोजपुरा राज्य समितिका सचिवालय सदस्यसमेत रहेका कुशवाहलाई चितवनँबाट पक्राउ गरेको हो ।
२ वर्ष अघि नै जिल्ला अदालतले कुशवाहाको नाममा कर्तव्य ज्यानमा पक्राउ आदेश जारी गरिएको थियो । सरकारी वकिल कार्यालयले ०६८ असोजमा काशी तिवारीलाई सियाराम कुशवाहालेनै गोली हानेको भन्दै सर्वस्वसहित जन्म कैदको माग दाबी सहितको अभियोगपत्र दर्ता गरेको थियो ।
प्रकाशित मिति:
December 17, 2013