• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हत्या आरोपमा एमाओवादीका समानुपातिक तर्फका उम्मेदवार पक्राउ
हत्या आरोपमा एमाओवादीका समानुपातिक तर्फका उम्मेदवार पक्राउ

पुस २ । एमाओवादीका समानुपातिक तर्फका उम्मेदवार फिरोज भनिने सियाराम कुशवाहालाई हिन्दु युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी हत्याका मुख्य अभियुक्तका रुपमा प्रहरीले पक्राउ गरेको छ ।

२०६७ असार १२ मा वीरगन्ज उपहानगरपालिका-१३ मा अशोकवाटिका स्थित शिवपावर्तीको मठमा तिवारीको गोली हानी हत्या गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका अपराध नियन्त्रण टोलीले एमाओवादीको भोजपुरा राज्य समितिका सचिवालय सदस्यसमेत रहेका कुशवाहलाई चितवनँबाट पक्राउ गरेको हो ।

 २ वर्ष अघि नै जिल्ला अदालतले कुशवाहाको नाममा कर्तव्य ज्यानमा पक्राउ आदेश जारी गरिएको थियो । सरकारी वकिल कार्यालयले ०६८ असोजमा काशी तिवारीलाई सियाराम कुशवाहालेनै गोली हानेको भन्दै सर्वस्वसहित जन्म कैदको माग दाबी सहितको अभियोगपत्र दर्ता गरेको थियो । 

प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |