नविल बैंकको २ करोड ३० लाख हतियारधारी समुहले लुटे
मंसिर २५। कैलाली मालाखेती स्थित नविल बैंकको २ करोड ३० लाख हतियारधारी समुहले लुटेका छन् ।
मालाखेती स्थित नविल बैंकबाट धनगढीको नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्न आउँदै गर्दा महेन्द्रनगर देखी नै गाडीको पिछा गरेर रकम लुटिएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका बैंकका कर्मचारी र सुरक्षा गार्डलाई हतियारधारी समुहले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीले लुटिएको रकम र गाडीको खोजी कार्य तिब्र बनाएको जनाएको छ ।
प्रकाशित मिति:
December 10, 2013