अहिलेसम्मकै सबैभन्दा बढी नेम्सेमा एकैदिन कारोबार
मंसिर ५ । नेपाल स्टक एक्सचेञ्ज (नेम्से) मा नेपालको इतिहासमै सबैभन्दा बढी बिहीबार कारोबार भएको छ ।
परिसूचक स्थीर रहेपनि २ घन्टा १५ मिनेट भएको कारोबारमा ८० करोड रुपैयाँ भन्दा बढीको एकैदिन कारोबार भएको हो । यो नेपालको इतिहासमै अहिलेसम्म एकैदिन सबैभन्दा बढी कारोबार हो । संविधानसभापछि मंसिर ७ गते पहिलो पटक नेम्से खुल्दा १० करोडको कारोबार भएको थियो भने अघिल्लो हप्ता ६२ करोडको कारोबार भएको थियो ।
बिहीबार दिनभर कारोबार हुन पाएको भए १ अर्ब भन्दा बढीको कारोबार हुने ब्रोकरहरुको भनाई छ । नेप्से घटेका कारण बिहिबार दुईपटक सर्किट ब्रेक गरिएको थियो । बिहीबार पहिलोपटक १२ बजे १५ मिनेटका लागि र दोस्रोपटक र दोस्रोपटक १२ बत्रजेर ४८ मिनेट जाँदा आधा घन्टाका लागि सर्किट ब्रेक गरिएको थियो ।
संविधानसभाको निर्वाचनपछि लोकतान्त्रिक शक्तिलाई बहुमत जानु, जसरी पनि संविधान बनाउनै पर्ने दबाब रहनु, लगानीकर्ताको मनोबल उच्च रहनु तथा अन्य क्षेत्रमा लगानी सुरक्षाको ग्यारेन्टी नहुनु जस्ता कारण पछिल्लो पटक सेयर बजार उकालो चर्ने क्रममा छ ।
प्रकाशित मिति:
December 20, 2013
