• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » पुल बन्न ढिलासुस्तीपछि सडक विभागलाई डेलिगेशन
पुल बन्न ढिलासुस्तीपछि सडक विभागलाई डेलिगेशन

पुस ४ । नवनिर्वाचित सभासद्हरुले खोटाङ, सोलु, ओखलढुंगाका सर्वसाधरणलाई पुल नहुदा सास्ती भएको भन्दै सडक विभागको ध्यानाकर्षण गराएका छन् ।

खोटाङका नव निर्वाचित सभासद पाचकर्ण राई (पिके) र ओखलढुंगाका यज्ञराज सुनुवारको नेतृत्वमा गएको टोलीले बिहिबार सडक विभाग समक्ष सुनकोसी र दुधकोसीको पक्की पुल निर्माण कार्यलाई तिब्रता दिन माग गरेका छन् ।

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र सिन्धुलीबासीको डेलीगेसन टोलीले काठमाडौं बबरमहलस्थित सडक विभाग समक्ष यथासक्य चा“डो पुल निर्माणको काम पूरा गर्न माग गरेका हुन् । निर्माण थालिएको वर्षौ बितिसक्दा पनि उदयपुर र ओखलढुंगाको घुर्मीस्थित सुनकोसी तथा ओखलढुंगा र खोटाङको सिमामा पर्ने जयरामस्थित दुधकोसीमा निर्माणाधिन पुलको निर्माण कार्यले गति नलिएको भन्दै सभाषदद्धयको नेतृत्वमा डेलिगेसन गएको हो ।

टोलीले पुल निर्माण कार्यलाई तिब्रता प्रदान गर्न सडक बिभागका महानिर्देशक देबेन्द्र कार्कीको ध्यानाकर्षण गराएका हुन् । प्रमुख नाकामा पर्ने नदीमा पुल नहु“दा आवत–जावत गर्न र दैनिक उपभोग्यबस्तु ओसार–पसार गर्नमा कठिनाई भएको भन्दै चा“डो पुल निर्माण पूरा गर्न माग गरिएको डेलीगेसन टोलीले जनाएको छ ।

डेलीगेसन टोलीलाई विभागका महानिर्देशक कार्कीले सुनकोसीको घुर्मीमा निर्माणाधिन पुल यसै वर्ष पूरा गर्ने आश्वसन दिएको सभाषद राईले जानकारी दिएका छन् । पुलको अभावमा माथिल्लो सगरमाथा क्षेत्रका सोलुखुम्बू, ओखलढुंगा र खोटाङको आन्तरिक तथा बाह्य यातायात सेवा प्रभावकारी हुन नसकेको भन्दै चार जिल्लावासीले सुनकोसी र दुधकोसीको पुल यथाशिघ्र चा“डो निर्माणको माग गरेका हुन् ।

प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |