• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Ghumfir, Main News, घुमफिर » मनकामनाको भेटी खै ?
मनकामनाको भेटी खै ?


 पुस ८ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना र गोरखकाली मन्दिरमा दैनिक आउने तीन हजारभन्दा बढी भक्तजनले कति भेटी चढाउलान् ? यसरी चढाइएको भेटी कहाँ जान्छ ? अहिलेसम्म कुनै लेखाजोखा छैन। मन्दिरमा गरी दैनिक ५० हजार रुपैयाँभन्दा भेटी चढ्ने अनुमान मन्दिरका कर्मचारीको गर्दछन् तर त्यहा चढाइएको आधा भेटीको पैसा कहाँ जान्छ भन्ने कुरा अहिलेसम्म पनि थाहा हुन सकेको छैन ।

गत वर्षको तथ्यांकअनुसार ९ लाख भक्तजन केबुलकार चढेर मन्दिर दर्शन गरे ।  अरु एक लाख गाडीबाट र हिँडेर आएको मनकामना क्षेत्र विकास समितिको आँकडाले छ। यो तथ्यांकअनुसार दैनिक २ हजार ७ सयभन्दा बढी भक्तजन मनकामना मन्दिर आउँछन्।

भक्तजनले चढाएका भेटी, द्रव्य, सुन, तामा, लगायत सबै पुजारीले एकलौटी गर्दै आएका छन् । गोरखकाली मन्दिरको भेटीमा पनि पुजारीकै हैकम चल्छ।

दैनिक सयौं भक्तजनले चढाउने भेटीबारे दरबार हेरचाह अड्डा नै बेखबर छ। सरकारी स्वामित्वमा रहेको गोरखकाली मन्दिर व्यवस्थापनको जिम्मा पाएको अड्डाले भेटी व्यवस्थापन गर्न सकेको छैन।

 चारजना पुजारी रहेको मन्दिरमा उनीहरुलाई मासिक १६ सय भत्ता र मन्दिरमा चढेका सिधा दिने सरकारी नियम छ। भक्तजनले चढाएका भेटीसमेत पुजारी सबैले मिलिजुली लिने गरेको नागरिकमा खबर छ ।

आखिर खै त त्यो पैसा ? कर्मचारीहरु नै दान बाकसको पैसा प्रमुखले घोटला गरेको शंका गर्छन्।

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |