• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जाजरकोटका पाँच गाविसमा लापा कार्यक्रम हुने
जाजरकोटका पाँच गाविसमा लापा कार्यक्रम हुने

दिप बहादुर घर्ति
जाजरकोट ८ पुस । जाजरकोटका जलवायु परिवर्तनको उच्च जोखिममा रहेका ५ गाविसमा स्थानिय स्तरको अनुकुलन कार्ययोजना (लापा) कार्यक्रम संचालन हुने भएको छ । जिल्लाका धेरै उच्च जोखिम रहेका लहाँ, अर्छानी, पजारु, सुवानाउली र ढिमे गाविसमा उक्त कार्याक्रम शुरु हुने भएको छ ।

जलवायु परिवर्तनको धेरै उच्च जोखिमा रहेको जाजरकोटका ति गाविसमा संकटासन्न समुदायको अनुकुलन क्षमतामा अभिबृद्धि गर्ने, गरीव र सिमान्तकृत समुदायको आयमा बृद्धि गर्ने र जलवायु परिर्वतनको असरवाट बच्च जोखिममा रहेका समुदायको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको स्थानिय विकास अधिकारी चक्रबहादुर बुढाले बताए । तीन बर्ष सम्म संचालन हुने यस कार्याक्रमको चालु आवमा लागी ३ करोड २८ लाख १७ हजार रुपैया खर्च हुने नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमले जनाएको छ ।
जलबायु परिवर्तनको उच्च जोखिममा रहेका जाजरकोट सहित काठ्मान्डौ , रामेछाप , उदयपुर , मुगु , सप्तरी , दोलखा ,लम्जुङ्ग र भक्तपुर गरी ९ ओटा जिल्ला रहेका छन् । यी सहित देशभरका १४ ओटा जिल्लामा यो कार्यक्रम संचालन गर्न थालिएको हो ।

स्थानिय गैरसरकारी संस्थाको सहयोगमा जिल्ला विकास समिति अन्र्तगत रहेर जिल्ला उर्जा तथा बातावरण ईकाईले स्थानिय गैरसरकारी संस्थाको सहयोगमा कार्यक्रम गर्ने भएको छ । डिएआईडि र युएनडिपीको सहयोगमा संचालन हुने यस कार्यक्रममा कृषि उपजको उत्पादन , बन विकास , बातावरण संरक्षण , आयआर्जनका कार्यक्रमा लगायतका क्षेत्रमा स्थानिय मागमा आधारित कार्यक्रममा लगानी गरिने स्थानिय विकास अधिकारी बुढाले बताए ।

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |