• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » पाउरोटी उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति
पाउरोटी उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति

विराटनगरमा आज बिहान एक पाउरोटी उद्योगमा आगलागी हुँदा रु ७० लाखभन्दा बढीको क्षति भएको छ।

विराटनगर–१५ भट्टिमोडस्थित चौकमा रहेको सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योगमा आज बिहान ४:३० बजे विद्युत् सर्ट हुँदा लागेको आगोले पाउरोटी उद्योगका साथै छिमेकी जुगल सहनीको बोरा उद्योग एवम् गोदाम, मनोहर रायको पसल, छिमेकीको किराना, चिया पसल तथा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

उक्त आगो विराटनगर, इटहरी, इनरुवा, धरान र दमकका गरी पाँचवटा वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय जनताको सहयोगमा बिहान ७ बजे नियन्त्रणमा लिइएको छ।

आगोबाट उद्योग र गोदाममा रहेका तयारी एवम् कच्चापदार्थ, मेसिन, लत्ताकपडा, खाद्यान्न तथा भाँडाकुँडा पनि जलेर नष्ट भएको पीडितहरूले बताएका छन्। रासस

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |