१६ दलद्धारा निर्वाचन आयोगको बैठक बहिस्कार
मंसिर १८ । दोस्रो संविधान सभाको चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्याको बारेमा जानकारी गराउन निर्वाचन आयोगले दलहरुलाई आज आयोगमा बोलाएको छ ।
दलहरुलाई आफ्नो आधिकारीक पत्र सहित सम्पर्क राख्न आयोगले यसअघि नै पत्राचार गरिसकेको छ । आयोगले दहरुलाई ११ बजे उपस्थित हुन पत्राचार गरेको हो । निर्वाचनमा धाधली भएको भन्दै एकीकृत नेकपा माओवादी सहितका १६ दलले भने बहिष्कार गर्ने घोषणा गरेका छन् । संविधानसभा निर्वाचन धाँधली पूर्ण भएको र यसको निष्पक्ष छानविन नगरिएसम्म आफूहरु बैठकमा नजाने विभिन्न १३ दलले बताएका छन् ।
बैठकमा आयोगले निर्वाचनमा भएको गतिविधि, प्राप्त उपलब्धी लगायतका बारेमा आजको बैठकमा दलहरुलाई जानकारी गराउने तयारी गरेको बताइएको छ । स्मरणीय छ कि एमाओवादीको केही दिन अघि बसेको केन्द्रीय समितिको वैठकले संविधान सभामा सहभागीता जनाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
December 03, 2013