दिवंगत आत्माको सम्झनामा आज बाला चर्तुदशी मनाइदै
मंसिर १७ । आज बाला चर्तुदशीअर्थात सतबिज सर्ने दिन ।
मुत्यु भएका परिवारको सम्झनामा सतबीज छरेर दिवंगत आत्माले शान्तिका कामना गर्दै आज देशभरका शिवालयमा बाला चर्तुदशी मनाइदै छ ।
हिन्दू धर्माबलम्बीहरु अनुसार आजका दिनमा शिव मन्दिरमा सतबीज छरेर पुजाआजा गरेको खण्डमा मृत आत्माले शान्ति पाउने धामिर्क विश्वास रहेको छ ।
सतवीज छर्नका लागी पशुपतिक्षेत्रमा भक्तजनको भीड लागेको छ ।
आज देशभरका शिवालयहरुमा धान, जौ, कालो तील, गहुँ, तोरी, मास, केराउ, लावा र मुला, पिडालु सखरखण्ड,र हलेदोलगायत वस्तुका शिवालयमा छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।
आफुले छरेको सतबीज उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

प्रकाशित मिति:
December 02, 2013