अन्ना हजारे पुन: अनिश्चितकालीन आमरण अनसनमा
मंसिर २५ । भारतमा भष्टचारको बिरोधी र एक सामाजिक कार्यकर्ता अन्ना हजारे जनलोकपाल विधेयकलाई पारीत गर्नका लागी आजबाट अनिश्चितकालीन आमरण अनसनमा बस्ने भएका छन् ।
उनले सधै यस विषयमा सहमति गरे पनि कार्यन्ययन नभएको, सरकारले जनातालाई धोका दिएको भन्दै भोक हड्ताल सुरु गर्ने जनाएका छन् ।
अन्नाले अहमदनगरको आफनो जन्म स्थान रालेगण सिद्धि स्थित यादवबाबा मन्दिर परिसरमा अनशन बस्ने भारतिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अन्नाले यस पटकको अनसन संसदमा लोकपाल विधेयक पारित नहुन्जेलसम्म जारी नहने त्यसका लागी आफु मर्न पनि तयार रहेको बताएका छन् ।
प्रकाशित मिति:
December 10, 2013