बालविवाहले बढायो विद्यालयमा बुहारी विद्यार्थी
मङ्सिर २५ । जाजरकोट रावतगाउकी १३ वर्षिय इलाका राना सिउदोमा सिन्दुर र हातभरि चुरा लगाएर विद्यालय आउछिन् ।
पहिले विद्यालय पोसाकमा मात्र आउने उनको रूप फेरिएको तीन महिनामात्रै भयो । सदरमुकाम खलङ्गाको शिव व्यावसायिक माविको ७ कक्षामा पढ्ने उनले गाउकै १६ वर्षका विकास खत्रीसँग प्रेम विवाह गरेकी हुन् ।
पहिले जन्म घरबाट विद्यालय आउने उनी अहिले कर्मघरबाट आउछिन् । उनलाई माइतीमा हुँदा पढेमात्र हुन्थ्यो, घरको काम गर्न पर्दैनथ्यो, अहिले त घरको सबै काम गर्नुपर्छ । “खाना पकायो, सबैले खाएका जुठा भाँडा माझ्यो अनिमात्र स्कुल आउन पाइन्छ, पढाइमा धेरै असर पयो उनले भनिन्, “बेकारमा विवाह गरिएछ ।”
उनी लहलहैमा विवाह गरेको भन्दै अहिले पछुताएकी छन् । उनका श्रीमान् भने ५ कक्षा पढ्दापढ्दै छोडेर भारत गए । दसैँअघि आएका विकास तिहार मानेर उतै फर्किसकेका छन् ।
खलङ्गा–९ रावतगाउँकै १५ वर्षिय विष्णु चदारा र १७ वर्ष सविन चदारा दुवै १० कक्षा मा पढ्छन् । उनीहरूले पनि छ महिना अघिमात्रै विवाह गरेका हुन् ।
“छिट्टै विवाह गर्नुहँदैन भनेर सम्झाउने कोही भएनन्, लहलहैमा विवाह गरियो यो त बन्धन पो हुँदोरहेछ”, विष्णुले पछुताउदै भनिन् । खलङ्गा–९ कै १४ वर्षिय उर्मिला विश्वकर्मा ८ कक्षामा पढ्छिन् । उनले शिवभवन मावि बाहुनथानामा १० कक्षामा पढ्ने खलङ्गा–५ पोखराका १६ वर्षीय धर्मबहादुर विश्वकर्मासँग पाँच महिनाअघि विवाह गरिन् ।
उनी अहिले माइतीमै बसेर पढ्दैछिन् । पढाइमा बाधा पुग्ने देखेर उनी श्रीमान्सग सल्लाह गरेरै माइतीमा बसेर पढेकी हुन् । “कहिलेकाहीँमात्रै भेट्छौँ, आ–आफ्नो विद्यालयमा पढ्छौँ” उनले भनिन् । छिट्टै विवाह गर्नु उनलाई पनि ठीक लागेको छैन, भन्छिन् “गल्ती गरिएछ, पढ्ने उमेरमा बुहारी हुनुभन्दा छोरी नै ठीक ।
जिल्ला अस्पतालका डा विभान्त शाह कलिलै उमेरमा विवाह गर्दा महिलामा शारीरिक
, मानसिक, सामाजिक र संवेगात्मक विकास हुन नपाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताउछन् ।(रासस)

प्रकाशित मिति:
December 10, 2013