समानुपातिक तर्फको नामावली बुझाउन आठ दिन थप
मंसिर २५ । निवार्चन आयोगले समानुपातिक तर्फको अन्तिम सूची बुझाउन आठ दिन म्याद थपेको छ । अन्तिम नामावली सूची बुझाउने आज अन्तिम दिन भए पनि राजनितिक दलहरुको आग्रहमा पुन८ दिनको समय थप गरेको छ ।
आयोगले ७ दिनभित्र बन्दसूचीमा रहेका नामहरुबाट सभासदको सूची बुझाउन दलहरुलाई आग्रह गरेको थियो । समानुपातिक तर्फ दलहरुले पाएको मत र त्यस अनुसारको सिट संख्याको घोषणा आयोगले यस अघि नै गरिसकेको छ ।
कांग्रेस एमाले लगायतका दलहरु संख्या र नामको बारेमा छलफलमा रहेपनि अझैसम्म सभासदको सूची बनाउन सकेको छैनन् । एकीकृत नेकपा माओवादीसहितका केही साना दलले भने निर्वाचनमा धाधली भएको भन्दै पहिला छानविन आयोग बनाउन माग गरेका छन् ।
आयोगका अनुसार अहिले सम्म साना ९ बटा दलले सूची बुझाएका छन् ।

प्रकाशित मिति:
December 10, 2013