• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार : निर्वाचन आयुक्त
वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार : निर्वाचन आयुक्त

८ पुस, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक दलहरुबीच सहमति भएमा स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताएका  छन् ।

 “उनले राजनीतिक दलहरुले राजनीतिक सहमति कायम गरी स्थानीय निर्वाचन गराउनु पर्‍यो भनेर आवश्यक ऐन नियम संशोधनसहितको पत्र फागुन १५ सम्ममा आयोगमा पठाइदिए आगामी चैत र वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले स्थानीय निकायको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको पनि  बताएका छन् । । “आयोग स्थानीय निकायको निर्वाचन गराउन तयारी अवस्थामा छ, कुन प्रणालीको निर्वाचन गराउने हो, सहमति गरेर दलहरुबाट आयोगमा आउनुपर्‍यो, आयोग दलहरुको आग्रह कुरेर बसेको छ, आग्रह आउनेवित्तिकै हामी निर्वाचनमा लाग्छौँ”, उनले बताए ।

मङ्सिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा (माओवादी) लगायतका प्रमुख दलहरुले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भन्ने कुरा उल्लेख गरिएका थिए ।


स्थानीय निकाय निर्वाचित प्रतिनिधिविहीन भएको ११ वर्ष बितिसकेको छ । जिल्ला विकास समिति महासंघ, नगरपालिका संघ र गाउँ विकास समिति महासंघजस्ता निकायले छिटोभन्दा छिटो निर्वाचनको गराउन माग गरिराखेका छन् ।रासस

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |