वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार : निर्वाचन आयुक्त
“उनले राजनीतिक दलहरुले राजनीतिक सहमति कायम गरी स्थानीय निर्वाचन गराउनु पर्यो भनेर आवश्यक ऐन नियम संशोधनसहितको पत्र फागुन १५ सम्ममा आयोगमा पठाइदिए आगामी चैत र वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले स्थानीय निकायको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको पनि बताएका छन् । । “आयोग स्थानीय निकायको निर्वाचन गराउन तयारी अवस्थामा छ, कुन प्रणालीको निर्वाचन गराउने हो, सहमति गरेर दलहरुबाट आयोगमा आउनुपर्यो, आयोग दलहरुको आग्रह कुरेर बसेको छ, आग्रह आउनेवित्तिकै हामी निर्वाचनमा लाग्छौँ”, उनले बताए ।
मङ्सिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा (माओवादी) लगायतका प्रमुख दलहरुले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भन्ने कुरा उल्लेख गरिएका थिए ।
प्रकाशित मिति:
December 23, 2013