दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने

आम आदमी पार्टीले केजरीवाललाई मुख्यमंत्री बनाउने पनि जनाएको छ । उनले रामलीला मैदानमा शपथ ग्रहण लिने जनाएका छन् ।
आम आदमी पार्टीले कांग्रेसको सहयोगमा सरकार बनाउने जनाएको छ । आम आदमी पार्टीले सरकार बनाउने भएपछि दिल्लीको कार्यवाहक मुख्यमन्त्री तथा काग्रेस नेता शीला दीक्षितले केजरीवाललाई बधाई दिदै कांग्रेसले उनलाई पुर्ण सहयोग गर्ने बताए ।
सो पार्टीले पार्टी दोस्रो भए पछि सरकार नबनाउने घोषणा गरेकोमा पहिलो पार्टी भाजपाले सरकार बनाउने बहुमत जुटाउन नसकेपछि आफ्नै संयन्त्रबाट मत संकलन गरेर सरकारमा जाने निर्णय गरेको हो ।
प्रकाशित मिति:
December 23, 2013