एमाओवादीले फेरि समानुपातिक सभाषद सुची नबुझाउने
पुस ८ । एकीकृत नेकपा माओवादीले समानुपातिक सभाषद सुचि नबुझाउने देखिएको छ ।
सोमबार भएको कांग्रेस एमाले तथा एमाओवादीबीचको बैठकमा समानुपातिक प्रणालीतर्फका विजयी सभासदहरुको नाम सिफारिस गर्न कांग्रेस र एमालेले गरेको आग्रह एमाओवादीले फेरि अस्वीकार हो ।
एमाओवादीले बैठकमा संविधान निर्माणपछि फेरि आमनिर्वाचन गर्न, उच्चस्तरीय समिति गठन गर्न, निर्वाचनको विषयमा छानबिन आयोग गठन गर्न, सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन लगायतका विषयमा सहमति हुनुपर्ने अडान राखेको छ ।
उच्चस्तरीय समिति गठन गर्ने विषय बाहेकका विषयमा भने दलहरु करिब नजिक पुगेको स्रोत दाबी गर्छ । बैठकमा दलहरुको आफ्नो अडान कायमै रहेपछि आन्तरिक छलफल गरी फेरि बैठक बसेर सहमति खोजिने भन्दै नेताहरु बाहिरिदिएका थिए ।

प्रकाशित मिति:
December 23, 2013