देउवा घाँस खानबाट जोगिएको रहस्य खुल्यो
मंसिर १९ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई आफ्नै कार्यकर्ताले घाँस खुवाउन खोजेको रहस्य खुलेको छ ।
चुनावमा टिकट दिन्छु-दिन्छु भनेर अन्तिम समयमा धोका दिएको भन्दै धादिङका एक बृद्ध काँग्रेसीले एक मुठा घाँस लिएर देउवा निवास पुगे पनि उनले घाँस खुवाउन भने असफल भएको जनआस्थाले खबर छापेको छ ।
गाडीको डिकीबाट घाँस निकालेर भित्र छिर्न लाग्दा अन्य कार्यकर्ताले देखेपछि उल्टै उनलाई लछारपछार गर्दै घर फर्काईदिएका थिए ।
बिदुर अलौकिया नामका जीवनपुरका एक बृद्धलाई धादिङ क्षेत्र न ३ बाट टिकट दिने भन्दै आश्वस्त पारिएको र पछि टिकट नदिएपछि उनी आक्रोशमा आएर त्यस्तो गर्न पुगेको बुझिएको छ ।

प्रकाशित मिति:
December 04, 2013