बिजेपीका उपाध्यक्ष भगतसिंह भोलि नेपाल आइपुग्ने
५ पुस । भारतीय जनता पार्टी बिजेपीका उपाध्यक्ष भगतसिंह कोसियारी काठमाडौं आउदै छन ।चिनका चिनियाँ कम्युनिस्टपार्टीका विदेश मामिलासम्बन्धी उपमन्त्री आई पिङराजनीतिक टोली आएर पर्के लगत्तै भगतसिंह आउन लागेका हुन् ।भारत उत्तरखण्डको पूर्व मुख्यमन्त्री रहेका उनी भोलि नेपाल आइपुग्नेछन् । उनले राष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष तथा राजनीतिका दलका शीर्ष नेताहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संविधान सभाको निर्वाचनपनि नेपाल उत्पन्न राजनीतिक गतिरोध र राजनितिक बिकासका सम्बन्धमा छलपल हुने बुझिएको छ ।
संबिधानसभाको निर्वाचन भएको एक महिना बितिसक्दा पनि सरकार गठनको हुन नक्दा बिदेशी चासो अनुरुप छिमेकी मुलुकबाट आउने नेताहरुको भ्रमण, भेटवार्तालाई नेपाली राजनीतिकमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित मिति:
December 20, 2013