• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Main News » यसवर्ष नेपालले इतिहासकै बढि निर्यात गर्दै
यसवर्ष नेपालले इतिहासकै बढि निर्यात गर्दै

सीताराम विलासी  पुस ५।  चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्मको वृद्धिदर कायम रहे यसवर्ष नेपालको निर्यात इतिहासमा पहिलोपटक एक खर्ब रुपियाँ नाघ्नेछ ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको प्रारम्भिक प्रतिवेदनले पहिलो चौमासिकसम्मको निर्यातको वृद्धिदर १५।७ प्रतिशत रहेको देखाएको छ ।  कात्तिकसम्म नेपालको निर्यात व्यापार २९ अर्ब ६२ करोड रुपियाँ पुगेको छ ।
यो वर्षको पहिलो चार महिनामा गत वर्षको सोही अवधिभन्दा चार अर्ब रुपियाँ बढी निर्यात भएको छ ।  गत वर्ष पहिलो चार महिनामा २५ अर्ब ६० करोड रुपियाँ निर्यात भएको थियो भने कुल निर्यात ७७ अर्ब ३५ करोड रुपियाँ भएको थियो ।

यही वृद्धि कायम रहे यो वर्ष हाम्रो निर्यात एक सय अर्ब रुपियाँ नाघ्छ, नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात प्रवद्र्धन समितिका संयोजक अनुपबहादुर मल्ल बताए ।  तर यो लक्ष्य नघाउन सरकारी पक्षले पनि बल गर्नुपर्छ ।
सरकारले निर्यातमा दिएको प्रोत्साहन, समयमा पूर्ण बजेट आउनु, बजेटले निर्यात वृद्धिमा जोड दिनु, निजी क्षेत्र उत्साहित भएको अवस्थाका साथै डलरमा भएको वृद्धिको आंशिक प्रभाव निर्यात बढ्नुका कारक तत्वका रूपमा देखिएका छन् ।

अर्थविद् डा. चिरञ्जीवी नेपाल अनुसार  निर्यातकर्तालाई दुई प्रतिशत प्रोत्साहन रकम दिने लगायतका सरकारले ल्याएका निर्यातमैत्री कार्यक्रमले गर्दा निजी क्षेत्रमा उत्साह थपेको छ, समयमा पूर्ण बजेट आउँदा र डलरको भाउ बढेकाले निर्यात बढन सहयोग पुगेको हो ।

त्यसैगरी यस वर्ष आयात र निर्यातको अनुपातमा पनि सामान्य सुधार आएको छ ।  गत वर्ष निर्यातको तुलनामा सातत दशमलव छ प्रतिशतले बढी रहेको आयात यस वर्ष सात दशमलव एक प्रतिशतमा झरेको छ ।  हालको निर्यात वृद्धि कायम रहे व्यापार असन्तुलनको यो अनुपातमा अझ सुधार आउनेछ ।

तयारी पोसाक, ऊनी गलैंचा, अलैंची, चाउचाउ, वनस्पति आदिको निर्यातमा भएको वृद्धिले कुल निर्यात वृद्धिमा सहयोग पुगेको हो ।  यद्यपि पहिलो चौमासिकमा दाल, अदुवा, जडीबुटीको निर्यात भने घटेको छ ।
यस अवधिमा अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, अस्ट्रेलिया तथा अफगानिस्तानतर्फको निर्यातमा केही वृद्धि भए पनि चीन बङ्गलादेश, थाइल्यान्डतर्फको निर्यात भने घटेर गएको छ ।  

प्रकाशित मिति: December 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |