समानुपातिक तर्फको नाम दिन दलहरुमा चर्को समस्या
काठमाडौ मंसिर २०। समानुपातिक तर्फ पार्टीहरुले प्राप्त गरेको सिट संख्या बराबर नाम दिन कांग्रेस–एमाले लगायतका दलहरुमा तीव्र समस्या देखा परेको छ ।
कंग्रेस ,एमाले लगायतका दलहरु भित्र समानुपातिक तर्फ बाट उम्मेदवार बनाइएका अधिकांश उमेद्धार सदस्य सभासद्को आकांक्षी बनेपछि प्राप्त सिट अनुसार छनौट गर्न दलहरुलाई हम्मे हम्मे परेको हो । सबै जसो सभासद्का आकांक्षीहरुले आफ्नो नाम पार्न नेताको घर घरमा धाउने मात्र नभएर घुर्की , धम्की र फोन गर्दै हैरान पार्ने गरेको नेताहरुनजिक स्रोले बतायो ।
अर्कातिर एनेकपा माओवादीले उच्च स्तरको छानविन आयोग नबनाए सम्म समानुपतिक तर्फको नामावली नबुझाउने बताए पनि भित्रभित्रै गृह कार्य तीव्र पारेकोे एमाओवादी स्रोतले दावी गर्यो ।
काग्रेस भित्र कोईराला देउवा पक्षले आ–आफ्ना लाईन नेताहरु मार्फत आफ्नो नाम जसरी पनि पार्नु पर्ने, निर्वाचनमा धेरै खटेको र भूमिका खेलेको भन्दै बार्गेनिङ शुरु गरेपछि ३ सय ३५ बाट ९१ जनाको मात्र नाम छनौट गर्न अप्ठ्यारो परेको छ भने एमालेमा पनि उस्तै समस्या देखिएको छ ।
निश्चित कोटा अनुसार दलहरुले समानुपातिकबाट संविधानसभामा नाम पठाउँन नसक्दा संविधानसभाको पहिलो वैठक बस्न महिनौं लाग्ने सम्भावना बढेको बताइएको छ ।

प्रकाशित मिति:
December 05, 2013