परिवारका सदस्यबाट कुटपिट गरी घर निकाला
राजविराज, २० मङ्सिर । महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला सप्तरीमा एक महिला घरबाट निकालिएकी छन् ।
मलेकपुर गाविस–६ की ३२ वर्षीया शान्तिदेवी ठाकुरले परिवारका सदस्यहरु
मिलेर कुटपिट गरी घरनिकाला गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा उजुरी
दिएकी छन् ।
उनका पति ३७ वर्षीय योगेन्द्रप्रसाद ठाकुरलगायत जेठाजुहरु ४१ वर्षीय
प्रभुनारायण ठाकुर, ३९ वर्षीय इन्दल भन्ने इन्द्रनारायण ठाकुर, जेठानीहरु
भुलरदेवी ठाकुर, कबुतरीदेबी ठाकुर र भतिजाहरु रवीन, देवेस र कर्णले कुटपिट
गर्दै घरनिकाला गरेको उजुरीमा उल्लेख गरिएको छ । पीडितले आफ्ना दुई छोराको
उचित शिक्षाका लागि पतिलाई सैलुनको काम गर्नभन्दा पतिसहित परिवारका सदस्य
मिलेर घरनजिकै रहेको पोखरीमा डुबाउँदै पिटेको बताइन् ।
छिमेकीको सहयोगमा सदरमुकाम आएकी पीडितको राजविराज नपा–३ स्थित अञ्चल
अस्पतालमा उपचार भइरहेको छ ।आरोपितहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन
महिला तथा बालबालिका सेवा केन्द्रले पत्राचार गरेको जनाएको छ । रासस
प्रकाशित मिति:
December 05, 2013