प्रचण्डले जसलाई भेटे उसलाई केद्रिय सदस्य बनाए: श्रेष्ठ
मंसीर २० । ।एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले पार्टी निकटका पत्रकार नेताहरुलाई आफ्नै निवासमा बोलाएर पार्टी नीति र प्रचण्डप्रति कटाक्ष गरेका छन् ।
उपस्थित एक सहभागीका अनुसार नेता श्रेष्ठले समस्या आफैमा रहेकाले वाह्य पक्षलाई देखाएर षडयन्त्र भयो भन्नुको अर्थ नहुने बताए । आफ्नो कम्जोरी स्वीकारेर गए बरु जनताले राम्रो मान्न सक्ने बताउदै उनले प्रचण्डले जसलाई भेट्यो त्यसैलाई बाटैमा केन्द्रीय सदस्य बाड्दै हिडेको असन्तोष तीव्र रुपमा व्यक्त गरे ।
नेतृत्वमा रहेका आफूहरुले पछि मात्र केन्द्रीय सदस्य बाडेको कुरा थाहा पाउनुपर्ने अवस्था समेत उनले पत्रकारहरु समक्ष्य तेस्र्याएको स्रोतले बतायो । निकै आक्रोसित मुद्रामा रहेका नेता श्रेष्ठले ‘नेताहरू बादशाह जस्तो भएको, कार्यकर्ताको हलत नाजुक रहेको बताए ।
आवेगमा आएर बहिष्कार निर्णय गर्या छ, मध्यराति ‘मतगणना बहिष्कार गर’ भन्या छ । त्यस्तो चालले जितिन्छ चुनाव ?’ नेता श्रेष्ठलाई उधृत गर्दै स्रोतले बतायो । आवेगमा आएर जनताको मतको अपमान गर्दा केटाकेटीपन टहरिने उनको भनाइ रहेको छ ।
श्रेष्ठले पत्रकारहरुसँगको सो भेटमा पटक पटक आफ्नो रायको सुनुवाई नभएकोमा निकै दुखेसो गरेको बताइएको छ । उनको गुनासो थियो, ‘मैले अन्तिमसम्म पनि खिलराजलाई जिम्मा नदिँऊ भनिरहे तर अध्यक्षले पेलेरै ‘यति कुरा चाँही मान्दिनुस् क्या, म जिम्मा भएँ’, भन्नुभयो ।
निलकण्ठलाई प्रमुख निर्वाचन आयुक्त नबनाउ भन्ने मै हुँ । वैद्यलाई नलिई चुनावमा नजाऊँ भन्दा पनि अध्यक्षले मिच्दै जानुभयो, संगठन शुन्य देखियो । कमिटीमा ठग र ठेकेदारहरू हावी भए ।’ चुनावपछीका पार्टी निर्णयमा समेत उनी सहमत थिएनन्, ‘संविधानसभामा सबैको सहमति चाहिन्छ रे ? के भनेको त्यस्तो रु राप्रपाको पनि सहमति चाहिने र गलत कुरा कहिल्यै गर्नुहुन्न । शान्ति प्रक्रियामा सहभागीबीचको सहमति भन्नु एउटा कुरा तर जम्मैलाई समेट्ने भनेर कहाँ जायज हुन्छ ?’
श्रेष्ठले एमाओवादीका कमेजोरीलाई यसरी व्यख्या गरेका छन् । , ‘मान्छे छन्, संगठन छैन् । भोट हाल्नेलाई पनि समेट्न सकिएन,। व्यक्तिगत निर्णय हुन थाले संस्थागततिर ध्यान गएन, ।कांग्रेस र बुर्जुवामा भन्दा गए गुज्रेका, गन्हाएका संस्कार हावी भए,। गाऊँ र जनतालाई भुलियो।, राष्ट्रियतामा चुकियो, कांग्रेस(एमालेले समेत भारतको पिछलग्गु भएको आरोप लगाउने अवस्था आउनु दुःखलाग्दो कुरा हो ।’ एमाओवादीले बडो महत्व दिएका कतिपय एजेन्डाबारे पनि मतभिन्नता राखे, ‘ पहिचानसहितको समघियताबारे या त हामीले जनता
लाई बुझाउन सकेनौ या यस मामिलामा हामी गलत छौ ।
नेवार र तामाङलाई राज्य दिेने भन्यौ, तिनले हामीलाई भोट दिएनन, उल्टै हराइदिए ।’ भन्दै जनआस्था साप्ताहिकले समेत समाचार लेखेको छ ।

प्रकाशित मिति:
December 05, 2013