• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तस्करसँग रकम असुल्ने प्रहरी निलम्बित
तस्करसँग रकम असुल्ने प्रहरी निलम्बित

पुस२ २ ।  तस्करसँग मिलेर रकम असुलीमा गरेका प्रहरी हबल्दार रामबहादुर राई दनुवारलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले निलम्बित  गरेको छ।

 राईले भन्सार  क्षेत्रमा अवैध मालसामानमा तस्कर  गराउने ओसार पसार गर्नेहरूलाई लाइन मिलाइदिने तथा चोरी निकासीमा सहयोग गरी रकम लिने  गरेको पाइएकोले कारवारी गरीएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख नायव महानिरीक्षक नवराज सिलवालले  बताए ।


मोरङको सीमा प्रहरी चौकी रानीमा कार्यरत प्रहरी हबल्दार राईलाई भारतबाट नेपालमा अवैध रूपमा भन्सार छलेर विभिन्न सामान ल्याउनेहरूसँग रकम असुलिरहेको अवस्थामा मंसिर ३० गते राईलाई रंगेहात पक्राउमा परेका थिए ।

राईलाई अबैधकार्यमा सम्लग्नता देखिएकोले प्रारम्भिक चरणमा निलम्बन गरेर आवश्यक कारबाही अघि बढाइसकेको र  अवैध काममा संलग्न भएको पुष्टि भए उनलाई जागिरबाट नै बर्खास्त गरिने डिआईजी सिलवालले बताएका छन् ।


प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |