कुवेतले थप ३५ हजार नेपाली लिने, सयम दुई महिनापछि मात्रै
पुस ७ । कुवेतबाट रोजागारीका लागि थप कोटा प्राप्त गर्न अझै केही समय लाग्ने भएको छ । कुवेतले उपलब्ध गराउने थप रोजगार कोटा अझै दुई महिनापछि मात्र नेपालले पाउने भएको हो ।
कुवेतले डिसेम्बरभित्र सबै प्रक्रिया पूरा गरी जनवरी अन्तिमबाट नेपाललाई थप रोजगार कोटा उपलब्ध गराउने सरकार र निजी क्षेत्रलाई जानकारी दिएको बताइएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष टंक राउतले कुवेतको थप कोटा पाउन केही समय लम्बिएको बताए ।
कुवेत सरकारले यसमा देखिएका केही प्रावधान संसोधन गर्नासाथ व्यवसायी थप कामदार पठाउन तयारी हालतमा रहेको नयाँ पत्रिकामा खबर छ ।
कुवेतले पहिलो वर्ष थप ३५ हजार नेपाली कामदार लिने भएको छ । हाल कुवेतमा नेपालबाट वार्षीक१५ हजार कामदार जाने गरिरहेका छन् ।

प्रकाशित मिति:
December 22, 2013