समानुपातिक सभासदको सूची बुझाउन पुनः समयावधि थप गर्न माग
पुस १ । प्रमुख दलहरुले निर्वाचन आयोगसँग फेरि पनि समानुपातिकतर्फ सभासदको सूची बुझाउने समयावधि थप्न आग्रह गरेका छन् ।
उच्चस्तरीय राजनीतिक समितिको सोमबारको बैठकमा भएको सहमति अनुसार नेताहरु आयोग पुगेर समानुपातिकको सूची बुझाउन थप एक साता समय थप गर्न माग गरेका छन् ।
यसअघि कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगंजमा शिर्ष नेताहरुले छलफल गरी म्याद थप गर्न निर्वाचन आयोगसँग आग्रह गरिने सहमति जनाएका थिए ।
आयोगले दोस्रो थप गरी दिएको समयसीमा पुस ३ गते सकिदैंछ । समय सकिनु दुई दिन अगावै म्याद थपको माग गरिएको हो ।
यसअघि निर्वाचन आयोगले सुचि बुझाउने मिति ८ दिन थप गरेको थियो ।

प्रकाशित मिति:
December 16, 2013