केन्द्रीय कारागारबाट भागेका कैदी रक्सौलमा पक्राउ
मंसिर २९ । केन्द्रीय कारागार काठमाडौंबाट भाग्न सफल कैदी सारेज सिंह रक्सौलमा पक्राउ परेका छन् ।
यही बुधबार भागेको उनलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको हो । १८ महिनादेखि लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका सर्लाही रहुवा ५ का सारेज सिंह कारगारको ढलबाट भागेका थिए ।
अपराध महाशाखाका प्रहरीको समन्वयमा सिंहलाई रक्सौलको डक्सन अस्पताल अगाडि माक्स लगाएर उभिरेहेको अवस्थामा सादा पोसाकका प्रहरीले पक्राउ गरेका थिए ।
उनले भारतीय नाकाबाट लागूऔषध ल्याएर काठमाडौमा बिक्रि गर्थे ।
प्रकाशित मिति:
December 14, 2013