अन्तरजातीय बिहे गर्दा उल्टै लाख जरिवान
मंसिर २९ । गैरदलितसंग वैवाहिक सम्बन्ध कायम गरेका गोरखाका एक युवकलाई स्थानीय समुदायले एक लाख जरिवाना तिराएका छन् ।
अन्तरजातीय बिहे गर्नेलाई सरकारले एकलाख रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेपनि गोरखामा भने उल्टै एक लाख तिर्नु परेको हो ।
लापु गाविस –८ का २३ वर्षिय जितबहादुर सुनार र सोही गाविस–४ भीरकुनाकि २० वर्षीया सुनिता गुरुङले केही समय अघि प्रेमविवाह गरेका थिए । गुरुङ युवतीसंग बिहे गरेबापत स्थानीय समुदायले सुनारलार्य कुटपिट गरी ससुराली पक्षलाई एकलाख रुपैयाँ जरिबाना तिराएको खबर अन्नपूर्ण दैनिकले छापेको छ ।
गाउँलेले दुवैलाई कुटपिट गरेको, १० लाख माग गरेको तिर्न नसक्ने भनेपछि ३ लाख र त्यो पनि तिर्न नसक्ने भनेपछि १ लाख जसरी पनि मागेको उनीहरुले बताएका छन् । एक लाख नतिरी धर नै पाउँदैनस् भनेर बाँधेर राखेपछि गाउँबाट सरसापट खाजेर तिरेको उनीहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
December 14, 2013