सुधारगृहमा पारस शाहलाई उपचार गर्न खर्च अभाव
मंसिर २९ । थाइल्याण्डको सुधारगृहमा रहेका पारस शाहलाई उपचार गर्न खर्चको अभाव भएको छ ।
सुधारकेन्द्रले पारसको जन्मदिनकै दिन १५ पुसमा उपचार सकेर छुटकारा दिने भएपनि उक्त समय अभावै खर्च अभावले उनी समस्यामा परेका हुन् ।
थाइल्याण्डको च्यान्चाईस्थित सुधारकेन्द्रमा रहेका पूर्वयुवराज पारस पूर्ण स्वस्थ भएर १५ पुसमा छुट्ने निश्चित भए पनि उनलाई त्यति बेलासम्मको खर्च सुधारकेन्द्रलाई तिर्न समस्या भएको खबर नयाँ पत्रिकाले छापेको छ ।
सुधारकेन्द्रले पारससँग प्रतिमहिना डेढलाख भाट अर्थात झन्डै साढे चारलाख रुपैयाँ शुल्क लिने गरेको छ । अग्रिम शुल्क लिएपछि केन्द्रले उपचार गर्ने गरेको छ ।
पछिल्लो समयमा ज्ञानेन्द्रले सुधारकेन्द्रमा बुझाउनुपर्ने भन्दा कम पैसा पठाउन थालेपछि पारस आर्थिक संकटमा परेको बताइएको छ । पारसले नेपाल नै ल्याउन चाहेका उनकी थाइ प्रेमीका कन्निका लिनले पनि अहिले उनलाई कुनै आर्थिक सहयोग नगरेको स्रोतको भनाई छ ।

प्रकाशित मिति:
December 14, 2013