मान्छे सत्ता र दलिय स्वार्थले कति अन्धो बन्दो रहेछ !
शंकर पोखरेल
हो, राष्ट्रपतिको सन्दर्भमा अनावश्यक वखेडा नझिकौ । अन्तरिम संविधानमा भएको व्यवस्था अनुरुप नै अघि वढौ ।
नेपालको अन्तरिम संविधान २०६३ ले संविधानसभालाई तिनवटा जिम्मेवारी प्रदान गरेको छ ।
पहिलो, जनभावना अनुरुपको नयाँ संविधानको निर्माण दोस्रो, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तेस्रो, व्यवस्थापिका संसदको जिम्मेवारी ।
पहिलो संविधानसभा असफल भई संविधानसभाको दोस्रो निर्वाचन भई नयाँ संविधानसभा गठन भएको अवस्थामा संविधानसभाले संविधानले तोकेका सवै कामहरुगर्ने जिम्मेवारी प्राप्त गरेको छ । त्यसमा कतैवाट कुनै पनि प्रकारको रोकटोक नलागएको कुरालाई वेवास्ता गरेर राष्ट्रपतिको कार्यकालको समाप्तीको सन्दर्भको मात्र उल्लेख गरेर वहसमा उत्रिएको देख्दा मान्छे सत्ता र दलिय स्वार्थले कति अन्धो वन्दो रहेछ भन्ने कुरा स्पष्ट भएको छ । अन्तरिम संविधानलाई टेको लगाएर ताजा जनादेशका विपक्षमा उभिएका आफुलाई प्रजातन्त्रवाद र संविधानवादका पक्षधर हौ भन्ने मित्रहरुलाई अन्तरिम संविधानको यो प्रावधानलाई जस्ताको त्यस्तै पढ्न र वुझ्न अनुरोध छः
३३.ख राष्ट्रपतिको निर्वाचन (१)राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्नेछ ।
(२)उपधारा(१) वमोजिम सहमति कायम हुन नसकेको अवस्थामा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको वहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएको मानिने छ ।
माथि उल्लेखित प्रकृयावाट निर्वाचित हुने राष्ट्रपतिको पदावधि धारा ३६.ग अनुरुप संविधानसभावाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ । भनिएको छ ।
यो व्यवस्थामा कुनै परिवर्तन आवश्यक छैन । त्यो त नयाँ जनादेश अनुरुप चुनिने राष्ट्रपतिका लागि हो । न की असफल भएको संविधानसभावाट चुनिएको राष्ट्रपतिका लागि ।
अन्तरिम संविधान २०६३ अनुरुप गठन भएको संविधानसभालाई राष्ट्रपति चयनको अधिकार नहुने गरी वाधा अड्काउ फुकाउ आदेश जारी गरिएको मलाई जानकारी छैन । यदी वाधा अड्काउ फुकाउमा यस विषयमा अन्यथा केही भनिएको छैन भने अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्था अनुरुप नै संविधानसभाले सवै काम गर्नु पर्ने हुन्छ । संविधानवाद र लोकतन्त्रवादका हिमायती हौ भन्नेहरु यति कुरामा त हेक्का राख्नु पर्यो नि, होइन र ?
अनि, अन्तरिम संविधानमा यस्तो स्पष्ट व्यवस्था हुदाहुदै त्यस्कै पक्षमा उभिएको नेकपा(एमाले) लाई राष्ट्रपतिका मामिलामा अनावश्यक वखेडा नझिक्न भनेर नेकाँका सभापतिले अर्ति उपदेश दिएको भन्ने कुरा कति उपयुक्त हो ?

प्रकाशित मिति:
December 05, 2013