एमाओवादीको प्रतिवादमा सेनाले फर्कायो जवाफ !
मंसिर २० । निर्वाचनमा धाँधली भएको भन्दै एमाओवादीले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले निर्वाचन धाँधलीमा सेनाको समेत हात रहेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट आज सेनाले विज्ञप्ति निकालेर खण्डन गरेको छ ।
एमाओवादीको प्रतिवादमा निकालिएको विज्ञप्तिमा सेनाले कहीं कतै पनि एमाओवादीको नाम भने उल्लेख गरेको छैन । तर केही सञ्चारमाध्यममा खबर आएको भन्दै सेनाले एमाओवादीको नाम नै नलिई घुमाउरो शैलीमा सेनाद्धारा धाँधली भन्ने कुराको खण्डन गरेको छ ।
तर एमाओवादी प्रतिवेदनमा भने तेस्रो घेरामा रहने भनिएको सेनाले पहिलो घेरा भित्र आएर मतपेटिका ओसार पसार गरेको, मतपेटिका जिल्ला ल्याउने क्रममा प्रतिनिधि जान्छौं भन्दा सेनाले हवाई फायर गरेको तथा मतपेटिका आधा घण्टामा पुर्याउने ठाउँमा सेनाले ४ घण्टासम्म लगाएको भनेर नेपाली सेनाको नाम नै किटेर उल्लेख गरेको छ ।
सेनाले भने घुमाउरो भाषामा खण्डन गर्दै निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ:
सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति
सम्पन्न संविधानसभा निर्वाचन २०७० र नेपाली सेनाले निर्वाह गरेको भूमिका
१. नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाल सरकारको वैधानिक निर्णय बमोजिम गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन भई, ‘संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप’ नेपाली सेनालाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको तथ्य सबै सामु छर्लङ्ग छ । नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, संचारजगत लगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ ।
२. नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आप्mनो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा केही संचार माध्यम मार्पmत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ । नेपाली सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध छ ।

प्रकाशित मिति:
December 05, 2013