उच्चस्तरीय राजनीतिक समितिको बैठक निश्कर्षविहीन
मंसिर २९ । उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष सकिएको छ ।
एकीकृत माओवादी लगायतका अन्य असन्तुष्ट दलको मागका सम्बन्धमा सहमति नभए पछि बैठक पुन भोली बस्ने गरी सकिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिमा एकीकृत नेकपा माओवादी लगायतका दलले चुनावमा धाँधली भएको भन्दै छानविनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र
नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभा मार्फत निकास खोज्नुपर्ने अडानमा रहेपछि थप छलफल आवश्वक रहेको भन्दै आजको बैठक बिना निष्कर्षमा सकिएको हो ।
अर्को बैठक भोली ( आइतबार) बेलुका ४ बजे पुन: बस्ने दलका प्रमुख नेताहरुले जनाएका छन् ।
प्रकाशित मिति:
December 14, 2013