ट्याङ्करबाट तेल चोर्ने चालक र सहचालकलाई पक्राउ
मङ्सिर २९ । नेपाल आयल निगमको ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति वीरगन्जको प्रतिमाचोकस्थित बाइपास सडकमा रोकिराखेको ना२ख ७०३ नंको तेल ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा, सिमरा वडा नं २ बस्ने वर्ष ३८ को भिम विक र सोही ठाउँको वर्ष १८ को अमृत विकलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट चोरी गर्न लागेको अवस्थामा ४० लिटर डिजल पनि बरामद भएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए । पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा दर्ता गराइने पनि प्रहरीले जनाएको छ । -रासस

प्रकाशित मिति:
December 14, 2013