• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » बाबुराम र नारायणकाजीले प्रचण्डका विरुद्ध संघर्ष गर्ने
बाबुराम र नारायणकाजीले प्रचण्डका विरुद्ध संघर्ष गर्ने

काठमाडौं, १६ पुस । एमाओवादी भित्र समानुपातिक सभासद चयन विषयको विवादले उच्च रुप लिएको छ । पार्टीले सभासद चयन गर्न बनाएको मापदण्ड विपरित अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी रुपमा सभाषद चयन गरेको भन्दै पूर्वउपाध्यक्षद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएका छन् । मापदण्ड विपरित सभासद चयन गरिएको भन्दै असन्तुष्ट भट्टराई र श्रेष्ठ समूहले मंगलबार छुट्टाछुट्टै छलफल गरेर सभासद चयनको विषयमा कडा रुपमा प्रस्तुत हुने निर्णय समेत गरेका छन् ।

भट्टराई पक्षीय नेताहरुको मंगलबार सा“झ सानेपामा बसेको बैठकले दाहालले एकलौटी रुपमा सभासद् छानेको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको एक नेताले जानकारी दिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी अध्यक्ष दाहाललाई थप दबाब दिनुपर्नेमा जोड दिएको स्रोतको दाबी छ ।

यता, श्रेष्ठ पक्षधर नेताहरुले पनि नेता लिलामणी पोखरेल निवास कोटेश्वरमा छलफल गरेर अध्यक्ष दाहाल पक्षले मनोमानी रुपमा सभासद् छानेको भन्दै त्यसको विरोध गरेका छन् । स्रोतका अनुसार उक्त छलफलमा पनि अध्यक्ष पक्षले मापदण्ड विपरित काम गरेको आरोप लगाइएको छ । पार्टीले चुनावमा अप्रत्यासित रुपमा हार बेहोरेको बेला सबैलाई मिलाएर लैजानुपर्नेमा पनि अध्यक्ष पक्षले पेलेको श्रेष्ठ पक्षधर नेताहरुले निष्कर्ष निकालेका छन् ।

बाबुराम पक्षधरले भने बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभासद् चयनमा मापदण्ड विपरित भएको भन्दै विरोध पत्र बुझाउने तयारी गरेको स्रोतको दाबी छ ।
मापदण्ड एउटा भएको र सभासद् छान्ने बेला अर्कै भएको भन्दै अध्यक्षले पेल्न खोजेको भन्दै नेताहरुले बैठकमा आक्रोश पोखेको बताइएको छ ।
जितेको जिल्लामा समानुपातिक सभासद नपार्ने भनिएपनि केही जिल्लामा आफ्ना मान्छे जितेको ठाउ“बाट पनि पारेको तथा कुनै पनि जिल्ला सभासद् खाली नराख्ने भनिए पनि अधिकांश जिल्ला खाली राखेर सभासद् चयन गरिएको भट्टराई÷श्रेष्ठ पक्षधर नेताहरुको भनाई छ ।

एमाओवादीले समानुपातिकमा पाएको ५४ सिट मध्येमा भट्टराई पक्ष र श्रेष्ठ पक्षधर कमै मात्र सभासद् बनाएपछि विवादले उच्च रुप लिएको हो । भट्टराई र श्रेष्ठ पक्षले अध्यक्ष दाहालमा व्यक्तिगत ढंगले पार्टी हा“क्ने प्रवृत्ति बढेको आरोप लगाउन थालेका छन् ।

सोमबार अन्तिम दिन एमाओवादीले आफ्नो भागमा परेका सभासद्को सूची निर्वाचन आयोगमा बुझाएको थियो । सभासद् चयन गर्दा दाहालले एकलौटी मापदण्ड विपरित छनौट गर्न खोजेको भन्दै भट्टराई र श्रेष्ठ भने अनुपस्थित भएका थिए ।

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |