• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » दश वर्ष अघि अन्तरजातीय विवाह गरेकी दलित महिला अलपत्र
दश वर्ष अघि अन्तरजातीय विवाह गरेकी दलित महिला अलपत्र

दिप बहादुर घर्ति/जाजरकोट
पुस १६ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर दश बर्ष अघि अन्र्तजातिय विवाह गरेका आफ्नै पतिले धोका दिए पछि जाजरकोट खलंगा ५ पोखरा कि जमुना वि.क न्यायको खोजी गदै जिल्ला सदरमुकाम आएकी छिन् । सोही ठाँउ घर भएका उनका पति गंगाराम बुढाले केही समय अघि सौता घरमा ल्याएपछि उनी अहिले अलपत्र परेकी हुन् ।

उनका चार ओटा छोरीलाई लालन पालनको समस्या परिरहेको छ । अन्तरजातीय विवाह गरेका कारण घरपरिवारले स्वीकार नगरेपछि केहि वर्ष पहिले देखि उनीहरु भारतको हिमाचल प्रदेशको किनोर, पाङ्गीमा गएर बस्दै आएका थिए । उतै कमाई गरेर जहान, केटाकेटी पाल्दै आएका बुढा गत दशैमा घर आएका थिए ।

घरपरिवार सँग दशै मानेर तिहार मान्न भारत फर्कने भनेका बुढालाई घरपरिवारले आफ्नै जातको अर्को विहे गरेर यतै बस उता न जा भनेपछि उनले चार छोरी र श्रीमतिलाई चटक्कै विर्सेर घरपरिवारले भने अनुसार दोस्रो गरे । आफ्नो पति भारत फर्किएर नगएपछि सोधी खोजी गर्दा अर्को विहे गरेको खवर थाह पाएपछि जमुना छाँगाबाट खसे झै भईन र तत्काल आफ्नै जन्मथलो फर्किईन ।तर घर फर्कदा पतिको घरमा न पति भेटिन न त पाईलै टेक्न पाईन । उनका श्रीमान रुकुम गराईलाकि भावना बुढालाई लिएर फरार भएको थाह पाईन । काँहाँ हुनुहुन्छ थाह छैन सम्पर्क पनि गर्नु हुदैन उनले भनिन् ।
आफ्ना छोरीहरुका साथ सदरमुकाम स्थित महिला तथा बालबालिका कार्यालय जाजरकोटमा आईपुगेकी खलंगा ५ पोखरा की जमुना विक । 

ईन्डिया हुँदा एक पटक फोन गर्नु भएको थियो घरपरिवारको आग्रहमा मैले दोस्रो विहे गरे दुवैलाई पालेर राख्छु भन्नु भएको थियो तर त्यसपछि सम्पर्कमा हुनुहुदैन उनले भनिन् । सासु ससुराले तल्लो जातको भनेर घरमा बस्न दिनु भएन । यी छोरीहरुलाई कसरी पालु उनले दुःख प्रकट गदै भनिन । जेठी छोरी ३ कक्षामा र माईली छोरी एक कक्षामा पढथिन तर यता आए देखी पढ्ने समेत ब्यवस्था गर्न नसकेको उनले बताईन् । आफ्नो भन्दा छोरीहरुको चिन्ता लागेको छ कसरी पढाउने र हुर्काउने भन्ने चिन्ताले सताईरहेको छ जमुनाले भनिन् ।

हाल सम्म विवाह दर्ता नगरेकी उनी गाविसमा उजुरी दिन जाँदा श्रीमानले एक महिना अघि विहे गरेकी कान्छि श्रीमति सँग विहे दर्ता गरेको थाह पाउँदा उनी झन् दुखी भएकि छन् । बुढाले विहे लगत्तै कान्छि श्रीमति सँग विवाह दर्ता गराएको खलंगा गाविसले जनाएको छ । गाविस सचिव शेरबहादुर के.सी.ले भने पहिलो विवाह भनेर दर्ता गराउन आए हामीले गरिदियौ । विवाह दर्ता नहुँदा जमुनालाई श्रीमानबाट अंश दावी र कारवाही गराउन समेत समस्या परेको छ । आईतवार महिला तथा बालबालिका कार्यालयमा न्यायको लागी आएकी जमुनाले सहयोगको याचना गरिन । उनले काँहाँ, कसरी उजुरी दिनु पर्छ भन्ने केही थाह नभएको बताईन् । श्रीमानको खोजी गरि न्याय दिलाई दिन भन्दै उनले प्रहरीमा समेत उजुरी दिएकी छन् । प्रहरीले गंगारामको खोजी भैरहेको जनाएको छ ।

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |