• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » आईक्लवका शेरचनविरुद्ध हत्या प्रयासको मुद्दा
आईक्लवका शेरचनविरुद्ध हत्या प्रयासको मुद्दा

काठमाडौं, पुस १६ । काठमाडौंको दरबारमार्गमा रहेको रात्री क्लव आईक्लवका सञ्चालक स्टालियन शेरचनका विरुद्धमा महानगरीय प्रहरी परिसर काठमाडौंमा एक ग्राहकको घातक हतियार प्रयोग गरी हत्या प्रयास गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

सञ्चालक शेरचनले रात्री क्लवमा मनोरञ्जन गर्न आएको ग्राहक कामनपा वडा नं १३ बस्ने बसन्त कुमार भुषाललाई गत पुस १५ गते राति कुटपिट गरेका थिए । राति १० बजेको समयमा उक्त डिस्कोमा पुगेका भुषालमाथि शेरचनले पाइपलगायतका हतियारले टाउकोमा प्रहार गरेको पीडित भुषालका भाइ आशिष शेरचनले बताए । खुकुरीसहित आक्रमण गर्न आएका शेरचनलाई क्लवमा रहेका अन्य व्यत्तिले छेकेर ज्यान जोगाएको बुझिएको छ । कुटपिटबाट भुषालको टाउकोमा चोट लागेको बुझिएको छ ।

उनको स्टार अस्पतालमा उपचार भएको बुझिएको छ । पीडितका भाइ आशिष शेरचनले महानगरीय प्रहरी परिसर काठाडमौंमा मंगलबार स्टालियन शेरचनले ज्यान मार्ने उद्योग गरेको भन्दै एक उजुरी दर्ता गराएका छन् । क्लवका सञ्चालक शेरचनले पुरानो रिबइवी वा अरु के कारणले आक्रमण गरे भन्ने खुल्न सकेको छैन । प्रहरीमा दर्ता गराएको ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरीमा सञ्चालक शेरचनले आक्रमणपछि भुषालको साथमा रहेको एक थान मोबाइल सेट र तीन लाख रुपैयाँ नगद समेत लुटपात गरेको उल्लेख गरिएको छ ।

यता, महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रहरी नायब उपरिक्षक चन्द्र कुवेरले झगडा भएको पुष्टि गर्दै स्टालियनलाई पक्राउ गरी कारवाही अगाडि बढाउन आफूले निर्देशन दिइसकेको जनाएका छन् ।

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |