रहेनन् नेपालका पहिलो कृषि वैज्ञानिक

लामो समय देखि फोक्सोको समस्याबाट पिडित रहनु भएका बैद्य आज बिहान ७ बजे निधन भएको छ। उनको आजै अन्तिम सस्कार गरिने परिवारले स्रोतले जनाएको छ।
फोक्सोमा समस्या आएपछि १२ दिन अघि उहाँलाई नर्भिक उपचार भइरेहेको थियो ।
बैद्यले २००७ मा भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेर नेपाल फर्किएका थिए।
नेपालमा कसरी कृषि क्षेत्रलाई अगाडी बढाउन सकिन्छ भनेर बिभिन्न समयमा कृषि विभागमा काम गरेका थिए। उनले १४ वर्षसम्म कृषि विभागमा बिताए।
हुतराम वैद्यद्धारा लिखित कृषि र बाग्मती सुधारका विषयमा १० पुस्तकहरु समेत प्रकाशित छन्।
प्रकाशित मिति:
December 24, 2013