चुनाव सकिए लगत्तै १० प्रतिशत महँगी बढ्यो
मंसिर ३० । दसैं, तिहारलगत्तै संविधानसभा निर्वाचनभएको कारण देशमा महँगी १० प्रतिशत बढेको छ । आर्थिक वर्ष सुरु भएदेखि निरन्तर बढ्न थालेको महँगी कात्तिकमा १० प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको विवरण अनुसार खाद्यान्न तथा पेय पदार्थको मूल्य उच्च अंकले बढेपछि समग्रमा मूल्य वृद्धिदर माथि गएको हो । अघिल्लो वर्ष ८.९ प्रतिशत रहेको खाद्यान्न तथा पेय पदार्थको मूल्य वृद्धि यसपालि १३.५ प्रतिशतले बढेको नागरिक दैनिककमा खबर छ ।
निर्वाचनका कारण सरकारी खर्च बढ्नुका साथै उम्मेद्वार तथा राजनीतिक दलहरुले पनि चुनाव प्रचारमा खर्च गरेका कारण मूल्य वृद्धिमा चाप परेको हो ।
निर्वाचन आयोगले प्रतिउम्मेद्वार १० लाख रुपैयासम्म खर्च गर्न तोकिएपनि कतिपय उम्मेद्वारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै बढी खर्च गरेका थिए । त्यसको असर मूल्य वृद्धिमा परेको छ ।
निर्वाचनले बढेको वस्तु तथा सेवाको मूल्य पहिलेकै अवस्थामा फर्किन करिब दुई महिना लाग्ने अर्थशास्त्रीहरु बताउँछ् ।

प्रकाशित मिति:
December 15, 2013