नायक जीवन लुईटेललाई पुत्रलाभ
मंसिर ३० । नेपालका चर्चित नायक जीवन लुईटेलले पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको छ ।
लुइतटेल परिवारका अनुसार बालकको जन्म गए राति सवा एघार बजे बसुन्धराको इशान बाल अस्पतालमा भएको हो ।
लुईटेलको जीवनसाथी अञ्जली र छोराको अवस्था सामान्य रहेको छ । ८ महिनामै शिशुको जन्म भएकोले छोरा जन्मेकाले तौल कम भएको अस्पतालले जनाएको छ ।
छोरा र आमालाई एक साता अस्पतालमा नै राख्न डाक्टरहरुले सल्लाह दिएका छन् ।
०६४ साल बैशाख २२ गते अञ्जलीसँग प्रेम बिबाह गरेका जीवनले ६ बर्ष पछि पहिलो सन्तानको रुपमा छोरा जन्माएका हुन् ।
जीवन लुईटेलले बाबु बन्न पाउँदा एकदमै खुसी भएको हेल्लोखबर बताए ।

प्रकाशित मिति:
December 15, 2013