साना दलमा सभासद सिफारिसमा किचलो
मंसिर ३० । निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची पठाउने विषयमा साना दलमा पनि किचलो सुरु भएको छ ।
राप्रपा नेपाललगायत केही साना दलले सूची बुझए पनि समाबेश गरिएका नामका विषयमा विवाद उत्पन्न भएको छ । समानुपातिकको सूची नपठाएका दलहरुले कसको नाम सिफारिस गर्ने भन्ने विषयमै सहमति हुन सकेको छैन ।
विवादकै कारण लोकतान्त्रिक फोरम, राप्रपा, तराई मधेस सद्भावना पार्टी, नेकपा माले, नेमकिपालगायतका दलहरुले अझै नाम तय गर्न सकेका छैनन् । लोकतान्त्रिक फोरमले अध्यक्ष विजय गच्छदारलाई नै नाम तय गर्ने अधिकार दिएको छ ।
तर निर्वाचन आयोगले तोकेको समयसीमा ३ पुसअघि बुझाउँदा विरोध हुने डरले गच्छदार अन्तिममा मात्र नाम बुझाउने मुडमा रहेको पार्टी स्रोतले जनाएको छ । उनले कस–कसको नाम छानिएको छ भन्नेबारे पार्टीका कसैलाई पनि जानकारी गराएका छैनन् ।
पार्टी उपाध्यक्ष नसिर सिद्धिकी तथा महासचिव जितेन्द्र देवसमेत समानुपातिक सूचीमा पर्न लबिङ गरिरहेको आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति:
December 15, 2013