• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » साना दलमा सभासद सिफारिसमा किचलो
साना दलमा सभासद सिफारिसमा किचलो

मंसिर ३० । निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची पठाउने विषयमा साना दलमा पनि किचलो सुरु भएको छ ।
राप्रपा नेपाललगायत केही साना दलले सूची बुझए पनि समाबेश गरिएका नामका विषयमा विवाद उत्पन्न भएको छ । समानुपातिकको सूची नपठाएका दलहरुले कसको नाम सिफारिस गर्ने भन्ने विषयमै सहमति हुन  सकेको  छैन ।

विवादकै कारण लोकतान्त्रिक फोरम, राप्रपा, तराई मधेस सद्भावना पार्टी, नेकपा माले, नेमकिपालगायतका दलहरुले अझै नाम तय गर्न सकेका छैनन् । लोकतान्त्रिक फोरमले अध्यक्ष विजय गच्छदारलाई नै नाम तय गर्ने अधिकार दिएको छ ।

तर निर्वाचन आयोगले तोकेको समयसीमा ३ पुसअघि बुझाउँदा विरोध हुने डरले गच्छदार अन्तिममा मात्र नाम बुझाउने मुडमा रहेको पार्टी स्रोतले जनाएको छ । उनले कस–कसको नाम छानिएको छ भन्नेबारे पार्टीका कसैलाई पनि जानकारी गराएका छैनन् ।

पार्टी उपाध्यक्ष नसिर सिद्धिकी तथा महासचिव जितेन्द्र देवसमेत समानुपातिक सूचीमा पर्न लबिङ गरिरहेको  आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
  • २०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
गृह पृष्ठ |