कृषि विभागद्वारा नागरिक बडापत्र लागु
पुस १ । कृषि विभागले विभाग मातहतका कार्यालयमा क्षतिपूर्तिसहितको
नागरिक बडापत्र आजदेखि कार्यान्वयनमा ल्याएको छ ।
यस आर्थिक वर्षको पुस मसान्तसम्ममा विभागअन्तर्गतका सबै कार्यालयमा बडापत्र लागु गरिसक्ने विभागले जनाएको छ ।
कार्यालयहरुद्वारा सेवाग्राहीलाई प्रदान भइराखेका सेवालाई अझ चुस्त बनाउने ध्येयले विभागले आफू मातहतका १०५ वटा कार्यालयमा २६ बुँदे बडापत्र कार्यान्वयनमा ल्याएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा र कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले बडापत्रको आज संयुक्तरुपमा सुरुवात गरेका छन् । (रासस)

प्रकाशित मिति:
December 16, 2013