जिन्दगीभरी पार्टी चलाउने जिम्मा नभएको भन्दै भट्टराईद्धारा दाहालको राजीनामा माग
काठमाडौं, ४ माघ । एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालको राजीनामा मागेका छन् । जिन्दगीभरी पार्टी चलाउने जिम्मा कसैलाई पनि नदिएको भन्दै घुमाउरो पाराले जारी केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्षको नाम नलिई राजीनामा माग्दै पार्टी नेतृत्व नया“ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
संविधानसभा निर्वाचनमा पार्टी पराजित भएको जिम्मेवारी लि“दै नेतृत्वले बाटो खोल्नुपर्नेमा समेत उनले जोड दिएका छन् । हिजो युद्धको आवश्यकता छ भनेर नेतृत्व दिइएको, शान्तिकालमा भर्खर आएकाले आवश्यक महसुस गरिएको र निर्वाचनको बेला पनि त्यसैको आवश्यकता देखेको भएपनि चुनावमा पार्टी हारेकाले नेतृत्व नया“ पुस्तालाई दिइनुपर्ने उनले बैठकमा उल्लेख गरेको एक नेताले जानकारी दिए ।
पार्टीमा जनवादी केन्द्रीयताको कुरा औपचारिकताले मात्रै नपुग्ने भन्दै भट्टराईले पूर्वपदाधिकारी भएको हैसियतले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लि“दै एक वर्षसम्म त्यसको सजाय स्वरुप पदमा नबस्ने घोषणा समेत गरेको स्रोत बताउ“छ र्। हामी चारै (अध्यक्षसहित पूर्वपदाधिकारीहरु) ले हारको जिम्मेवारी लिनुपर्छ, म अबको एक वर्षसम्म पार्टीको कुनै पदमा नबस्ने मनस्थितिमा छु, अब पार्टी नेतृत्व पनि नया“ व्यक्तिलाई दिनुपर्छ’ भट्टराईको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
भट्टराईले परम्परागत कम्युनिष्ट पार्टीमा जस्तो नमरुन्जेल नेतृत्वमा रहने परम्परा ठिक नभएको भन्दै नेतृत्वको निरन्तरता नदिई पार्टीले ठूलै क्रमभंग गरि नया“ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको समेत बताएका छन् ।
अध्यक्ष दाहालले ल्याएको प्रतिवेदनमा आफ्नो ८० प्रतिशतसम्म सहमति भएको भन्दै भट्टराईले संगठन र पार्टी नेतृत्वको बारेमा भने पटक पटक असहमति प्रकट गरेका थिए । बैठकको सुरुमै भट्टराईले विचार राख्नुपर्ने माग बढेर गएपछि उनले आफ्नो भनाई राख्न सुरु गरेका थिए । सो क्रममा आफू र दाहालबीच कुनै पनि व्यक्तिगत टकराव नभएको र अहिलेको संघर्ष विचारधारात्मक मात्र रहेको स्पष्टिकरण दि“दै आफ्ना भनाई अघि बढाएका थिए ।
बैठकमा भट्टराईले आफूले युद्धकालदेखि नै वैचारिक बहस गर्दै आएको भन्दै मरेर आर्यघाट नपुग्दासम्म सत्यको पक्षमा आवाज उठाईरहने समेत जनाएका थिए । पार्टीमा फरक मत राख्नेलाई प्रोत्साहित गर्नुपर्ने भन्दै उनले आफ्नो संघर्ष पदको वरिपरि नभएर पार्टीमा विधि र पद्धति बसाल्न भएकोमा समेत जोड दिएका थिए ।
तत्कालिन कार्यदिशाका सम्बन्धमा पनि भट्टराईले दोधारे अर्थ लाग्ने कुरा भएको भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको नया“ निर्वाचन गर्नुपर्ने र पार्टी सरकारमा जान नहुने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडा“डामा जारी बैठकमा शनिबार भट्टराईसहित ९ जनाले आफ्नो धारणा राखेका थिए ।
सो क्रममा भट्टराई पक्षीय केन्द्रीय सदस्य हेमराज भण्डारीले मुल नेतृत्व नै पराजय भएको भन्दै दाहाल, भट्टराई र नारायणकाजी तीन जनाले नै नया“ पुस्तालाई पार्टी जिम्मा लगाउनुपर्ने बताए । बोलि र व्यवहारको अन्तर पार्टीमा कहिलेसम्म रहने भन्दै उनले प्रश्न समेत गरेका थिए ।
केन्द्रीय सदस्य नवराज सुवेदीले भने अध्यक्ष दाहाल बाह्य शक्तिको प्रभावमा रहेको र भट्टराई आत्मगत भएको भन्दै आक्रोश पोखेका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वले भनेको कुरा पूरा नगरेको भन्दै लेखेर र भाषण गरेर भन्दा पनि काम गरेर देखाउन नेतृत्वलाई चुनौती दिएका छन् ।

प्रकाशित मिति:
January 18, 2014