• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » संविधानसभाको पहिलो बैठक बोलाउनेमै अन्यौलता
संविधानसभाको पहिलो बैठक बोलाउनेमै अन्यौलता

काठमाडौं १८ पुस । निर्वाचन आयोगले सभासद्हरुको अन्तिम सूची राष्ट्रपतिलाई बुझाएस“गै संविधानसभा पहिलो बैठकको ढोका खुल्ला भएपनि कसले र कसरी बोलाउने भन्ने बारेमा अन्यौलता बढेको छ ।

कानुनी रुपमा पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने लेखिए पनि राष्ट्रपति भने राष्ट्रध्यक्षको हैसियतले उक्त जिम्मेवारी आफ्नो भन्दै सक्रिय बनेका छन् । पहिलो बैठक राष्ट्रध्यक्षले गर्ने की सरकार प्रमुखले भन्ने विषयको विवाद सर्वोच्च अदालतमा पुगिसकेको अवस्थामा राष्ट्रपति यादव भने सक्रिय भएर परामर्श लिन सुरु गरेका हुन् ।

राष्ट्रपति यादवले बिहीबार मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख दलका नेताहरुस“ग परामर्श समेत गरेका छन् । राष्ट्रपतिले मन्त्रीपरिषद अध्यक्ष रेग्मी, नेपाली कांग्रेस सभापति सुशिल कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटेर संविधानसभाको पहिलो बैठक आह्वान लगायत समसामयिक विषयमा छलफल गरेका छन् ।

छुट्टाछुट्टै भेटमा राष्ट्रपति यादवले पहिलो बैठक आह्वान गर्ने जिम्मेवारी आफ्नो भएको भन्दै त्यसका लागि राजनीतिक तथा कानूनी प्रक्रिया मिलाउन आग्रह गरेको स्रोतको दाबी छ । संसदको बैठक आह्वान र अन्त्य राष्ट्रपतिले गर्दै आएको र संविधानसभाको बैठक आह्वान पनि राष्ट्रध्यक्षकै जिम्मेवारी हुने राष्ट्रपति कार्यालयको बुझाई छ । अन्तरिम संविधानको धारा ५९ मा प्रधानमन्त्रीले बैठक आह्वान गर्ने भन्ने उल्लेख भएपनि उक्त धारा कुन अवस्थामा प्रयोग गर्ने हो भन्ने विषयमा ध्यान दिनुपर्ने शितल निवासको जोड छ ।
तर मन्त्रीपरिषद अध्यक्ष रेग्मी भने संविधानसभामा प्रधानमन्त्रीले बैठकको उद्घाटन गर्ने भन्ने उल्लेख भएकाले त्यसलाई संशोधन नगरी राष्ट्रपतिले बैठक आह्वान गर्न नमिल्ने भन्ने अडानमा छन् ।

संविधानसभाको बैठक कसले बोलाउने भन्ने विवाद कायमै रहेका बेला दलहरु राष्ट्रपति फेर्ने या नफेर्ने भन्ने विवाद पनि कायमै छ । दोस्रो ठूलो दल एमाले नया“ जनादेश अनुसार राष्ट्रपति परिवर्तन गरेरै छाड्ने पक्षमा अडिग छ भने कांग्रेस राष्ट्रपति कायम राख्नुपर्ने पक्षमा छ । यस विषयमा अन्य दलहरुले भने पछिल्लो धारणा बनाईसकेका छैनन् । तेस्रो दल एमाओवादी पनि यो विषयमा के गर्ने भन्नेमा निचोडमा पुगिसकेको पाइदैन । सुरुमा एमाओवादी राष्ट्रपति परिवर्तन गर्ने पक्षमा उभिए पनि पछिल्ला दिनहरुमा कांग्रेस नजिक पुगेको थियो । 

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |