लोडसेडिङ फेरि बढ्यो, पुस २१ देखि हप्तामा ८० घन्टा लोडसेडिङ

प्राधिकरणका अनुसार पुस २१ गते देखी हप्तामा ८० घन्टा लोडसेडिङ हुनेछ । जसअनुसार सातामा तीन दिन १२ घन्टा र चार दिन ११ घन्टाको समयले विद्युत कटौती हुनेछ।
यसअघि दैनिक ९ घन्टा विद्युत कटौति हुँदै आएकोमा अब हप्तामा ११\१२ घन्टाका दरले बिद्युत आपुर्ती कटौती गर्ने जनाएको छ ।
कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति:
January 02, 2014