ए डिभिजन लिगमा थ्रीस्टार विजयी सुरुवात

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबले ब्वाइज युनियन क्लबलाई ३-१ गोल अन्तरले विजयी भएको हो ।
पहिलो हाफको अन्तिम मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्रिस्टारले अग्रता लिएको थियो । ५८ औं मिनेटमा थ्रिस्टारका विजय गुरूङ्ले गोल गरे । यसैगरी ८४ औं मिनेटमा जगजित श्रेष्ठले थ्रीस्टारको लागि तेस्रो गोल गरी थ्रिस्टार तिन शुन्यले अगाडी रह्यो ।
खेलको अन्तिम समयमा ब्वाइज युनियन कमल श्रेष्ठले ८७ औं मिनेटमा एक गोल गरेपछि खेल ३-१ मा सकियो ।
प्रकाशित मिति:
January 02, 2014