आइफोनबाट संसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा गोप्य सूचना संकलन

आईटी एक्सपर्ट तथा ह्याकरहरुले आईफोनमा इन्टरनेट नै नजोडिए पनि संसारको जुनसुकै ठाउँको पनि सुचना अमेरिकामा संकलन भईरहेको खुलासा गरिदिएका हुन् । फोन अनलाइन नभएको बेला पनि अमेरिकी सुरक्षा निकायले यसको मोनिटर गरिहेको पनि उनीहरुले बताएका छन् ।
अमेरिकी कम्पनी आइफोन बोक्नेहरुको सूचना अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले सजिलै लिन सक्ने विशेषज्ञलाई उदृत गर्दै दि इकोनोमिक टाइम्सले खबर समेत छापेको छ ।
जर्मनीमा आयोजित ह्याकर कन्फ्रेन्समा पत्रकार तथा सुरक्षाविज्ञ ज्याकोब अपेलबौमले अमेरिकाले विकास गरेको राडार वेभ प्रणालीको माध्यमबाट विश्वको जुनसुकै स्थानमा प्रयोग भैरहेको आईफोनको सुचना लिन सकिने बताए । कार्यक्रममा बोल्दै उनले व्यक्तिगत सूचना लिने अमेरिकाको क्षमता कल्पनासमेत गर्न नसकिने समेत जनाएका थिए ।
नेसनल सेक्युरिटी एजेन्सीले आईटिका विभिन्न उपकरणबाट सुचना संकलन गर्ने नीति लिएकोबारे पनि कार्यक्रममा छलफल भएको थियो ।
अपेलबौमको सम्वन्ध अमेरिकी गुप्तचर सुचना चुहाएर चर्चामा आएका एडवर्ड स्नोडेनसँग भएको जर्मनी र फ्रान्सका सञ्चार माध्यमले विश्वास गर्ने गर्छन ।
प्रकाशित मिति:
January 02, 2014