• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Technology » आइफोनबाट संसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा गोप्य सूचना संकलन
आइफोनबाट संसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा गोप्य सूचना संकलन

पुस १८ । आईफोन बोकेकाहरुको संसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा गोप्य सूचना संकलन भईरहेको खुलासा भएको छ ।

आईटी एक्सपर्ट तथा ह्याकरहरुले आईफोनमा इन्टरनेट नै नजोडिए पनि संसारको जुनसुकै ठाउँको पनि सुचना अमेरिकामा संकलन भईरहेको खुलासा गरिदिएका हुन् । फोन अनलाइन नभएको बेला पनि अमेरिकी सुरक्षा निकायले यसको मोनिटर गरिहेको पनि उनीहरुले बताएका छन् ।

अमेरिकी कम्पनी आइफोन बोक्नेहरुको सूचना अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले सजिलै लिन सक्ने विशेषज्ञलाई उदृत गर्दै दि इकोनोमिक टाइम्सले खबर समेत छापेको छ ।

जर्मनीमा आयोजित ह्याकर कन्फ्रेन्समा पत्रकार तथा सुरक्षाविज्ञ ज्याकोब अपेलबौमले अमेरिकाले विकास गरेको राडार वेभ प्रणालीको माध्यमबाट विश्वको जुनसुकै स्थानमा प्रयोग भैरहेको आईफोनको सुचना लिन सकिने बताए । कार्यक्रममा बोल्दै उनले व्यक्तिगत सूचना लिने अमेरिकाको क्षमता कल्पनासमेत गर्न नसकिने समेत जनाएका थिए ।
नेसनल सेक्युरिटी एजेन्सीले आईटिका विभिन्न उपकरणबाट सुचना संकलन गर्ने नीति लिएकोबारे पनि कार्यक्रममा छलफल भएको थियो ।

अपेलबौमको सम्वन्ध अमेरिकी गुप्तचर सुचना चुहाएर चर्चामा आएका एडवर्ड स्नोडेनसँग भएको जर्मनी र फ्रान्सका सञ्चार माध्यमले विश्वास गर्ने गर्छन ।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |