५ महिनामा २ लाख ३४ हजार ४ सय ५३ नेपाली विदेशिए
पुस १८ ।
गत आवको एकै
अवधिको तुलनामा ८ प्रतिशतले
बढेर चालू आर्थिक
वर्षको पहिलो ५ महिनामा
कामका लागि १
लाख ७५ हजार
२ सय ७५
नेपाली विदेशिएका छन् ।
गत आवको पहिलो
५ महिनामा १
लाख ५८ हजार
३ सय ५२
युवा विदेशिएका थिए
भने यो पटक
२ लाख ३४
हजार ४ सय
५३ नेपाली विदेशिएका
हुन् ।
घर बिदामा आएर फर्किनेले
लिने श्रमस्वीकृति पनि
जोड्दा विदेश जानेको संख्या
२ लाख ३४
हजार ४ सय
५३ पुगेको बैदेशिक
रोजगार विभागले जनाएको छ
। पुनः
श्रमस्वीकृतिमा विदेश जाने ५९
हजार १ सय
७८ जना छन्
। गत आवमा
पुनः श्रमस्वीकृतिसहित २
लाख २० हजार
७४ नेपालीले अन्तिम
श्रमस्वीकृति लिएका थिए ।
विभागका अनुसार मंसिरसम्म सबैभन्दा
बढी कामदार मलेसिया
गएका छन् ।
अन्तिम श्रमस्वीकृति लिएर मलेसियामा
२८ हजार ७
सय ७५ जना
पुगेका छन् ।
कतारमा १५ हजार
६ सय १०,
साउदी अरबमा ११
हजार ५ सय
८८, संयुक्त अरब
इमिरेट्स (यूएई)मा
८ हजार २
सय ९१, कुवेतमा
३ हजार ४
सय ८२ र
बहराइनमा ६ सय
८८ नेपाली गएका
छन् ।
विभागका निर्देशक दिवस आचार्यले
रोजगारीका लागि विदेश
जाने कामदारको संख्या
निरन्तर बढिरहेको बताएका छन्।
प्रकाशित मिति:
January 02, 2014