• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » ५ महिनामा २ लाख ३४ हजार ४ सय ५३ नेपाली विदेशिए
५ महिनामा २ लाख ३४ हजार ४ सय ५३ नेपाली विदेशिए

पुस १८ । गत आवको एकै अवधिको तुलनामा ८ प्रतिशतले बढेर चालू आर्थिक वर्षको पहिलो ५ महिनामा कामका लागि १ लाख ७५ हजार २ सय ७५ नेपाली विदेशिएका छन् ।

गत आवको पहिलो ५ महिनामा १ लाख ५८ हजार ३ सय ५२ युवा विदेशिएका थिए भने यो पटक २ लाख ३४ हजार ४ सय ५३ नेपाली विदेशिएका हुन् ।

घर बिदामा आएर फर्किनेले लिने श्रमस्वीकृति पनि जोड्दा विदेश जानेको संख्या २ लाख ३४ हजार ४ सय ५३ पुगेको बैदेशिक रोजगार विभागले जनाएको छ ।  पुनः श्रमस्वीकृतिमा विदेश जाने ५९ हजार १ सय ७८ जना छन् । गत आवमा पुनः श्रमस्वीकृतिसहित २ लाख २० हजार ७४ नेपालीले अन्तिम श्रमस्वीकृति लिएका थिए ।

विभागका अनुसार मंसिरसम्म सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । अन्तिम श्रमस्वीकृति लिएर मलेसियामा २८ हजार ७ सय ७५ जना पुगेका छन् । कतारमा १५ हजार ६ सय १०, साउदी अरबमा ११ हजार ५ सय ८८, संयुक्त अरब इमिरेट्स (यूएई)मा ८ हजार २ सय ९१, कुवेतमा ३ हजार ४ सय ८२ र बहराइनमा ६ सय ८८ नेपाली गएका छन् ।

विभागका निर्देशक दिवस आचार्यले रोजगारीका लागि विदेश जाने कामदारको संख्या निरन्तर बढिरहेको बताएका छन्।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |