हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

वीरगन्ज–पथलैया सडकखण्डको जितपुरमा आलमका आफन्त र शुभचिन्तकहरुले बिहानैबाट सडक अवरुद्ध बनाएका छन् । सडक अवरुद्ध भएपछि वीरगन्जबाट चल्ने सबै प्रकारका सवारी साधन ठप्प भएका छन् ।
भारतीय अपराधीहरुको समूहले बुधबार दिउँसो जितपुरस्थित घरमा बसिरहेको अवस्थामा आलमलाई गोली हानी गम्भीर घाइते बनाएकोमा उपचारका क्रममा अपराह्न उहाँको निधन भएको थियो ।
हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कारबाही र आलमलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध बनाएका हुन् । रासस
प्रकाशित मिति:
January 02, 2014