• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध
हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

 पुस १८ । ट्रक व्यवसायी अफताब आलमको हत्याको विरोधमा आज बिहानैबाट वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध बनाइएको छ ।

  वीरगन्ज–पथलैया सडकखण्डको जितपुरमा आलमका आफन्त र शुभचिन्तकहरुले बिहानैबाट सडक अवरुद्ध बनाएका छन् । सडक अवरुद्ध भएपछि वीरगन्जबाट चल्ने सबै प्रकारका सवारी साधन ठप्प भएका छन् ।

    भारतीय अपराधीहरुको समूहले बुधबार दिउँसो जितपुरस्थित घरमा बसिरहेको अवस्थामा आलमलाई गोली हानी गम्भीर घाइते बनाएकोमा उपचारका क्रममा अपराह्न उहाँको निधन भएको थियो ।

   हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कारबाही र आलमलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध बनाएका हुन् । रासस

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |