• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » एमाओवादी केन्द्रीय सदस्य तथा प्रत्यक्ष निर्वाचित सभासद्द्धारा राजीनामा
एमाओवादी केन्द्रीय सदस्य तथा प्रत्यक्ष निर्वाचित सभासद्द्धारा राजीनामा

काठमाडौं १८ पुस । एमाओवादीको समानुपातिक सभासद् छनोटमा असन्तुष्टि व्यक्त गर्दै प्रत्यक्ष निर्वाचित सभासद् समेत रहेका पार्टी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीसहित ११ जनाले राजीनामा दिएका छन् । 

शाहीसँगै अर्का केन्द्रीय सदस्य जीवन बुढा, राज्य समिति सदस्य एवं वाईसीएल संगठन प्रमुख लक्ष्मीप्रसाद चौलागाई लगायत ११ जनाले बुधबार एमाओवादीबाट राजीनामा दिएका हुन् । पार्टीले मनोमानी गरेको तथा कर्णालीलाई उपेक्षा गरेकाले राजीनामा गर्न बाध्य भएको सभासद् शाहीले बताएका छन् । राजीनामा पत्रमा कालिकोटे जनताको इजजतमा खेलबाड गरेको गरेको आरोप लगाइएको छ । चुनाव अघि पार्टी अध्यक्ष प्रचण्डले कालिकोटबाट दुर्गाबहादुर राउत उज्वललाई समानुपातिक सभासद बनाउने प्रतिवद्धता जनाएपनि पूरा नगरेको भन्दै अध्यक्ष दाहालले आफ्नो प्रतिवद्धता पूरा नगरेर उज्वलको मानहानी गरिएको समेत राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

सुनियोजित र षड्यन्त्रमुलक ढंगले इमान्दार, संघर्षशिल, जनयुद्धका क्रममा घाइते भएमा, अपाङ्ग, सहिद परिवार, पिछडिएको क्षेत्रबाट १ नंम्बरमा सिफरिस, पार्टीले निर्धारण गरेको मापदण्डभित्र पर्ने, २०६४ को चुनावमा समेत पहिले ग्यारेन्टी गरेर पछि पाखा लगाइएका उज्वललाई स्वयंम प्रचण्डले प्रतिवद्धता पूरा जगरी व्यक्तिगत मानहानी र इज्जतप्रतिष्ठामाथि खेलवाड गर्ने काम भएको हुनाका साथै कालिकोटे जनता, पार्टी कार्यकर्ता र नेताको भावनामाथि खेलवाड गर्ने काम भएकाले सभासदसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट समाहिक राजीनामा दिएका छौं’ पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टी कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ ।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |