पिउने पानीको हाहाकार टार्न २३ करोडको योजना
![]() |
धनकुटा |
त्यहाँ सन् २०१५ मार्चमा पूरा गर्ने लक्ष्यकासाथ ‘बृहत्तर दोस्रो साना सहरी खानेपानी आयोजना’ को काम थालिएको हो ।
धनकुटा नगरपालिका क्षेत्रका तीन हजार एक सय ४० घरमा खानेपानी पु¥याउन नयाँ योजना निर्माण थालिएको हो । भीरगाउँ र तांखुवा गाविसको सिमानामा रहेको तांखुवा खोलाको कात्तिकेखोप, धनकुटा नपा र भीरगाउँ गाविसको सीमा निबुवा खोलाको ओडारेमा मुहान बनाएर पानी ल्याउन लागिएको जिल्ला खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
खोलामा मुहान थापेर लिफ्टिङग प्रविधिबाट पानी तान्न लागिएको हो, पानी जम्मा गर्न धनकुटा नपाको लहरे चौतारा, निगाले र चुलीवन चार लाख ७५ हजार लिटर क्षमताका छुट्टा–छुट्टै तीन वटा ट्याङ्की निर्माण थालिएको छ ।’
खानेपानीको अभाव खेप्दै आएको धनकुटा नगरपालिकामा अहिले करिब १२ सय धारा माग आएको धनकुटा खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
प्रकाशित मिति:
January 02, 2014